प्रिमियर लिगमा सिटी स्तब्ध, शीर्षमा उक्लियो लिभरपुल

हिमाल प्रेस १८ कार्तिक २०८१ ११:१८
32
SHARES
प्रिमियर लिगमा सिटी स्तब्ध, शीर्षमा उक्लियो लिभरपुल

काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको जारी सिजनमा पहिलो हार बेहोरेको छ।

सिटी शनिवार भएको खेलमा घरेलु टोली बोर्नमाउथसँग २-१ ले पराजित भएको हो।

एन्टोइन सेमेन्यो र इभानिल्सनको गोलमा बोर्नमाउथ विजयी भएको हो। सिटीका लागिजोस्को ग्वार्डियोलले गोल फर्काए ।

खेलको नवौं मिनेटमा सेमेन्योको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो । ६४औं मिनेटमा इभानिल्सनले गोल गर्दै घरेलु अग्रता दोब्बर बनाए ।

८२औं मिनेटमा ग्वार्डियोलले गोल फर्काएपनि अर्को गोल‌ नहुँदा सिटी पराजित भयो।

१० खेलबाट २३ अंक जोडेको सिटीले शीर्ष स्थान गुमाएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा २ अंकले पछि परेको हो ।

शनिबार नै लिभरपुलले मोहम्मद सलालको निर्णायक गोलमा पाहुना टोली ब्राइटनलाई २-१ ले पराजित गरेको हो ।

लिभरपुलका लागि पहिलो गोल कोडी गाक्पोले गरे। ब्राइटन फेर्डी काडियोग्लुले गोल गरे । लिभरपुलको १० खेलबाट २५ अंक पुगेको छ।

प्रकाशित: १८ कार्तिक २०८१ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast