तिहारले सबैमा उमंग छाओस् : प्रधानमन्त्री

हिमाल प्रेस १८ कार्तिक २०८१ १०:५५
4
SHARES
तिहारले सबैमा उमंग छाओस् : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएकाले यस अवसरमा सबै नेपालीमा उमङ्ग छाओस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गर्दै भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वास लिएका छन् । भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तिहार सबैको जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, `यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबिचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना।´

प्रकाशित: १८ कार्तिक २०८१ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast