काठमाडाैँ- नेपाल वातावरण पत्रकार समूहले वायु प्रदूषणको जोखिम घटाउने गरी प्रभावकारी कमद चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
वर्षभर नै कुनै न कुनै विपदको सामना गरिरहेको नेपाल बाढीपहिरोको संकटपछि डढेलो र वायु प्रदूषणको जोखिममा रहेको समूहको भनाइ छ ।
समूहका कमलदेव भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै मनसुन सकिएसँगै काठमाडौं उत्यकासहित मुलुकका अन्य सहरमा वायु प्रदूषणको ग्राफ उकालो लागेको र आगलागी–डढेलोका घटनामा वृद्धि भइरहेको बताएका छन् ।
प्रकाशित: १७ कार्तिक २०८१ २०:३१
प्रतिक्रिया