काठमाडाैँ- तिहारको मुख्य दिन भाइटीकाका दिन आइतबार कात्तिक १८ गते पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थान, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
साथै कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित: १७ कार्तिक २०८१ १८:५५
प्रतिक्रिया