काठमाडौँ- स्पेनमा आएको भीषण बाढीमा परी अहिलेसम्म कम्तीमा दुई सय जनाको मृत्यु भएको छ भने कैयौँ मानिस बेपत्ता भएका छन्।
बाढीमा परेर बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको बताइएको छ। बाढीका कारण सबैभन्दा बढी स्पेनको वैलेन्सिया क्षेत्र प्रभावित भएको जनाइएको छ। मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।
बाढीबारे सरकारले पूर्वजानकारी नदिँदा ठूलो संख्यामा धनजनको क्षति भएको स्पेनका स्थानीयवासीहरूको भनाइ रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।
स्पेनमा शनिबार पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।
प्रकाशित: १७ कार्तिक २०८१ १२:०९
प्रतिक्रिया