चाडपर्वले सामाजिक एकता कायम गर्छ : प्रचण्ड

हिमाल प्रेस १७ कार्तिक २०८१ ८:५६
चाडपर्वले सामाजिक एकता कायम गर्छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालभित्र मनाइने विभिन्न चाडपर्वले जनताका बीचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्‍याउँदै आएका बताएका छन् ।

दीपावली, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्तीलगायतका पर्वका अवसरमा आज शुभकामना दिँदै उनले विविधतायुक्त सांस्कृतिक ऐक्यबद्धता नेपालीहरूको मौलिक पहिचानका रूपमा रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री दाहालले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास मुलुकको समृद्धिका आधारका रूपमा रहेको स्पष्ट पारे । यस वर्ष बाढीपहिरोका कारण मुलुकले ठुलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सङ्कटको अवस्थाबाट सम्हालिँदै सबै नेपालीहरूले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना होस् भनी कामना गरेका छन् ।

प्रकाशित: १७ कार्तिक २०८१ ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =