हिज्बुल्लाहको आक्रमणमा परी सात इजरायली नागरिकको मृत्यु

हिमाल प्रेस १६ कार्तिक २०८१ २१:३५
28
SHARES
हिज्बुल्लाहको आक्रमणमा परी सात इजरायली नागरिकको मृत्यु फाइल तस्बिर : सिन्हवा

काठमाडौँ- हिज्बुल्लाहले उत्तरी इजरायलमा गरेको रकेट आक्रमणमा परी सात जनाको मृत्यु भएको छ। हिज्बुल्लाहले बिहीबार गरेको दुई फरक फरक रकेट आक्रमणमा परी सात जनाको ज्यान गएको हो।

इजरायली अधिकारीहरुले पछिल्लो कैयौँ महिनादेखि चलिरहेको संघर्षमा हिज्बुल्लाहको तर्फबाट भएको यो सबैभन्दा घातक आक्रमण रहेको बताएका छन्।

लेबनानको सीमास्थित मेटुला बस्तीनजिक रकेट खसेका कारण एक इजयारली किसान र चार थाई कृषि मजदुरको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

त्यस्तै तटीय सहर हाएफाको बाहिरी भागस्थित किबुत्ज अफेकनजिक जैतुनबाग भन्ने ठाउँमा एक इजरायली महिला र उनका छोराको पनि आक्रमणमा परी मृत्यु भएको बताइएको छ।

हाएफाको उत्तरी क्षेत्रस्थित क्रायोट क्षेत्र र मेटुलास्थित लेबनानी बस्ती खियमको दक्षिणतिर इजरायली सुरक्षाबलमाथि आक्रमण गरेको हिज्बुल्लाहले बताएको छ।

अर्को रकेट आक्रमण किबुत्ज अफेकस्थित एक कृषि क्षेत्रलाई निशाना बनाएर गरिएको हिज्बुल्लाहको भनाइ छ।

प्रकाशित: १६ कार्तिक २०८१ २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast