१८ हजार घटेर फेरि बढ्न थाल्यो सुनको भाउ

हिमाल प्रेस १२ मंसिर २०८१ ११:१६ | Wednesday, November 27, 2024
१८ हजार घटेर फेरि बढ्न थाल्यो सुनको भाउ

काठमाडौँ- दुई दिनमा १८ हजार पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज थोरै बढेको छ।सुनको मूल्य आज प्रतितोला नौसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार एकैदिन तोलामा १५ हजार नौसय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पनि दुई हजार ६ सय रुपैयाँ घटेको थियो।

हिजो एक लाख ४८ हजार सातसय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ।

आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको एक हजार आठसय ३० रुपैयाँ कायम भएको छ।

सरकारले सुनको भन्सार दर घटाएपछि सुनचाँदीको भाउमा उच्च गिरावट आएको छ। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

प्रकाशित: १२ मंसिर २०८१ ११:१६ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast