१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघमा हुने

हिमाल प्रेस १२ मंसिर २०८१ ११:०१ | Wednesday, November 27, 2024
१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघमा हुने

काठमाडौँ- १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी माघको पहिलो साता काठमाडौँमा हुने भएको छ। मिति घोषणासँगै महोत्सवमा सहभागी हुने चाहने चलचित्रका लागि आवेदन माग गरिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए।

उनले माघ पहिलो साताको मिति छिट्टै घोषणा गरिने जानकारी दिँदै नेपाली फिल्मकर्मीलाई दर्ताका लागि आह्वान गरिएको बताए। ‘नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो, महोत्सवले हामीलाई अफ्रिकाबारे बुझ्न मद्दत गर्छ। यसपटक हामीले अफ्रिकासँगै अन्य देशका चलचित्र सहभागी गराउन अन्तर्राष्ट्रिय विधा थप गरेका छौँ। महोत्सवमा नेपाली फिल्म, लघु फिल्म, वृत्तचित्र पनि प्रदर्शन हुनेछ’, निर्देशक क्षेत्रीले भने।

उनका अनुसार यस अघि महोत्सवमा नेपालीसँगै अन्तर्राष्ट्रिय फिल्मको रुपमा अफ्रिकी फिल्मलाई मात्र समावेश गर्ने गरिन्थ्यो। यसपटक भने अफ्रिका बाहेकका फिल्म महोत्सवमा अन्तर्राष्ट्रिय विधाअन्तर्गत सहभागी हुनेछन्। आगामी पुस १६ गतेसम्म फिल्म दर्ता गर्न पाउने महोत्सवमा फिल्म प्रदर्शनका साथै कार्यशाला, अन्तक्रिया लगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । महोत्सव कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजनामा सञ्चालन हुनेछ।

प्रकाशित: १२ मंसिर २०८१ ११:०१ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast