भक्तराज आचार्यको जीवनमा आधारित फिल्म युट्युबमा

हिमाल प्रेस २९ कार्तिक २०८१ १२:४८ | Thursday, November 14, 2024
भक्तराज आचार्यको जीवनमा आधारित फिल्म युट्युबमा

काठमाडौँ- भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ युट्युबमा सार्वजनिक भएको छ। गत असारमा पुनः प्रदर्शन भएको फिल्म बुधबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।

यसअघि फिल्म २०६८ सालमा प्रदर्शन भएको थियो। फिल्ममा भक्तराज आचार्यको भूमिकामा गायक सत्यराज आचार्य छन्। उनी भक्तराजका जेठा छोरा हुन्। त्यस्तै कलाकार अरुणा कार्की भक्तराजको श्रीमतीको भूमिकामा छिन् भने फिल्ममा सुनिल पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीलगायत चर्चित कलाकारको अभिनय छ।

फिल्ममा आचार्यको बाल्यकालदेखि संगीत क्षेत्रमा उनको संघर्ष, स्वर गुमेको घटनापछिको पीडादायी जीवन र मृत्युपछिको दृश्यलाई समावेश गरिएको छ। फिल्मका निर्देशक प्रशान्त रसाईली हुन्। रोशन राई निर्माता रहेको फिल्म देवजंग थापाले पुनः सम्पादन गरेका हुन्।

प्रकाशित: २९ कार्तिक २०८१ १२:४८ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast