हेटौँडा : सुन चोर्ने र किन्ने दुवै पक्राउ

हिमाल प्रेस ३० कार्तिक २०८१ २०:३० | Friday, November 15, 2024
हेटौँडा : सुन चोर्ने र किन्ने दुवै पक्राउ

हेटौँडा- चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज (शुक्रबार) दुई जनालाई पक्राउ गरेको छ।

हेटौँडाको उपमहानगरपालिका–८ कमाने निवासी सन्तोष अधिकारीको घरबाट चोरी भएको गरगहनासहित हेटौँडा उपमहानगरपालिका–१५ निवासी मनोज पुलामीमगर र हेटौँडास्थित शिवशक्ति सुनचाँदी पसलका सञ्चालक २५ वर्षीय धिरज विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

यही कात्तिक ७ गते अधिकारीको घरबाट सुनका गरगहना, नगद तथा मोबाइलसमेत चोरी भएको सूचनाका आधारमा चोरीमा सङ्लग्न व्यक्तिको खोजतलास गर्ने क्रममा मगरलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए।

चोरीमा सङ्लग्न मगरले चोरीका गरगहना, नगद र मोबाइलमध्ये केही सुनका गरगहना शिवशक्ति सुनचाँदी पसलका सञ्चालक विश्वकर्मालाई बिक्री गरेको बताएपछि उनलाई पनि पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुबाट चोरीका साढे तीन तोला सुन र पाँच तोला चाँदीका गरगहना बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनामाथि अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको छ।

प्रकाशित: ३० कार्तिक २०८१ २०:३० | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast