हलमा लागे ‘तेल भिसा’ र ‘अग्निदहन’

हिमाल प्रेस ७ मंसिर २०८१ १०:३४ | Friday, November 22, 2024
हलमा लागे ‘तेल भिसा’ र ‘अग्निदहन’

काठमाडौँ- मंसिर ७ देखि हलमा दुई नेपाली फिल्म प्रदर्शन भएको छ। शंकर घिमिरेको निर्देशनमा बनेको फिल्म ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’।

‘तेल भिसा’ मा डायस्पोरामा सन्तान भेट्न विदेश जाने र उतै स्थापित हुने नेपाली समाजको बदलिँदो स्थितिलाई प्रस्तुत गरिएको छ। निर्देशक घिमिरेकै लेखन रहेको फिल्ममा विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे, पुजा लामा, बुद्धि तामाङ, सुचित्रा उप्रेतीलगायत विदेशी कलाकारको अभिनय छ। अभिनेता विपिन कार्कीले बृद्ध र जवानगरी दोहोरो भुमिका खेलेका छन्। वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ।

त्यस्तै बोक्सी प्रथा विरुद्धको कथामा बनेको फिल्म ‘अग्निदहन’ मा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्रीलगायत कलाकारको अभिनय छ। लोकमणी पौडेलको कथा र संवाद लेखन रहेको फिल्म परिच्छेद सेनको पटकथा, कोविदशरण उपाध्यायको परिकल्पना, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादनमा बनेको छ।

योसँगै हलमा ‘ह्रस्व दीर्घ’, पूर्णबहादुरको सारङ्गी’ प्रदर्शन भइरहेको छ।

 

प्रकाशित: ७ मंसिर २०८१ १०:३४ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast