हरिवंशको कथामा ‘हरिबहादुरको जुत्ता’ बन्ने, कोको छन् कलाकार?

हिमाल प्रेस १३ मंसिर २०८१ १३:०२ | Thursday, November 28, 2024
हरिवंशको कथामा ‘हरिबहादुरको जुत्ता’ बन्ने, कोको छन् कलाकार? अभिनेता हरिवंश आचार्य र निर्देशक दिपेन्द्र के. खनाल

काठमाडौँ- अभिनेता हरिवंश आचार्य कथामा फिल्म ‘हरिबहादुरको जुत्ता’ बन्ने भएको छ। निर्माण टिमले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।

फिल्म दिपेन्द्र के. खनालले निर्देशन गर्ने पोस्टरमा उल्लेख छ। निर्माण टिमले फिल्मकाे कथावस्तुबारे खुलाएको छैन।

फिल्मको मुख्य भूमिकामा अभिनेता हरिवंश अनुबन्धित भएका छन्। त्यस्तै दुई अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्कासहित दिव्यदेव, मुरलीधर, दिनेश काफ्ले,  प्रकाश सपूतलगायत चर्चित कलाकार जोडिएका छन्।

फिल्म गायक तथा म्युजिक भिडियोका निर्माता सरोज ओलीले निर्माण गर्न लागेका हुन्। उनीसहित फिल्ममा मोहितवंश आचार्यको लगानी रहनेछ। सरोजले पहिलोपटक फिल्म बनाउन लागेका छन्। फिल्ममा एस एम मोसन पिक्चर्सको प्रस्तुति रहनेछ।

प्रकाशित: १३ मंसिर २०८१ १३:०२ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast