स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा

हिमाल प्रेस ३० कार्तिक २०८१ २१:१६ | Friday, November 15, 2024
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई एक्स–रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ।

वडा नंं १० ले मध्यबानेश्वरमा स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट बिहीबारदेखि उक्त सेवा नागरिकलाई उपलब्ध गराइएको हो। वडाध्यक्ष रामकुमार केसीले नागरिकका समस्यालाई घरमै पुगेर समाधान गर्ने प्रयासअन्तर्गत स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको बताए।

‘आकस्मिक अवस्था आइपरेमा हामी नागरिकको घरमा पुगेर भिडियो एक्स–रेसम्मको सेवा दिन सक्छौँ। यसरी थालिएको सेवालाई विकास र विस्तार गर्दै जानेछौँ। सकेसम्म अस्पतालको सेवा लिन नपरे हुन्थ्यो। यसका लागि प्रवर्द्धनात्मक कार्यक्रम चलाएका छौँ। अस्पतालको सेवा लिनैपरे सेवाचाहिँ गुणस्तरीय हुनुपर्छ। यसमा हामी सचेत छौँ,’ केसीले भने।

त्यसक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले स्वास्थ्य सेवाको विस्तारका लागि अन्तर सरकार सम्बन्धलाई विकास गर्न बाँकी रहेको उल्लेख गरे।

महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं १४ बल्खु, वडा नं १९ कङ्केश्वरी, वडा नंं २६ लैनचौर र वडा नं ३० ज्ञानेश्वर स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई स्वास्थ्य बीमाको पहिलो सम्पर्क बिन्दुका रूपमा प्रयोगमा ल्याइसकिएको छ।

प्रकाशित: ३० कार्तिक २०८१ २१:१६ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast