स्थानीय तह निर्वाचन : निर्वाचन आयोगले सार्वजनिक गर्‍यो मतपत्रको नमूना

हिमाल प्रेस ७ मंसिर २०८१ १६:०६ | Friday, November 22, 2024
स्थानीय तह निर्वाचन : निर्वाचन आयोगले सार्वजनिक गर्‍यो मतपत्रको नमूना

काठमाडौँ- निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक गरेको छ।

आयोगले उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्नमात्र समावेश गरी मतपत्र तयार पारेको हो।

स्वीकृत डिजाइनबमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमुनाहरू आयोगको वेबसाइटमा राखिएको उनले बताइन्।

नमुना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसार एवं मतदाता शिक्षा अभिायन सञ्चालन गर्न सक्ने आयोगले जनाएको छ।
मतपत्रको नमुना आयोगको वेबसाइट www.election.gov.np मा राखिएकाे छ।

विभिन्न कारणले रिक्त भएका स्थानीय तहको प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

 

प्रकाशित: ७ मंसिर २०८१ १६:०६ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast