सुन लगातार उकालोतर्फ

हिमाल प्रेस ६ मंसिर २०८१ ११:११ | Thursday, November 21, 2024
सुन लगातार उकालोतर्फ

काठमाडौँ- सुनको मूल्य आज पनि बढेको छ। गएको सोमबारदेखि नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ।

हिजो (बुधबार) तोलामा नौसय रुपैयाँ बढेर एक लाख ६३ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज पनि एक हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य तोलाको एक लाख ६४ हजार रुपैयाँ कायम भएको छ।

मंगलबार पनि सुन तोलामा दुई हजार रुपैयाँ बढेको थियो। गएको सोमबार भने तोलामा एक हजार रुपैयाँ मात्रै बढेको थियो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

त्यसयता दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारसम्म झरेको थियो। विगत चार दिनयता भने सुनको मूल्य फेरि बढ्न थालेको हो। आज चाँदीको मूल्य भने स्थिर छ। आज पनि चाँदी हिजोकै मूल्य एक हजार नौसय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८१ ११:११ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast