सिड्नीमा प्रदर्शन हुँदै ‘ज्वाइँ साब’

हिमाल प्रेस २ मंसिर २०८१ १६:०७ | Sunday, November 17, 2024
सिड्नीमा प्रदर्शन हुँदै ‘ज्वाइँ साब’

काठमाडौँ- अष्ट्रेलियाको सिड्नीमा फिल्म ‘ज्वाइँ साब’ नोभेम्बर २२ देखि प्रदर्शन हुने भएको छ। पाल्पा इन्टरटेनमेन्टले सिड्नीको हर्स्टभिलस्थित सिभिक थिएटरमा फिल्म प्रदर्शन गर्न लागेको हो। फिल्म नेपालमा गत असोज २४ मा प्रदर्शन भएको थियो।

दर्शक माग अनुसार नै सिड्नीमा फिल्म रिलिज गर्न लागेको पाल्पा इन्टरटेनमेन्टका दिनेशले बताए। अन्य सहरहरुमा पनि रिलिजको तयारी भइरहेको जानकारी दिए।

जितु नेपाल र नीति शाहको मुख्य अभिनय रहेको फिल्मका निर्देशक वसन्त निरौला हुन्। सकारात्मक समीक्षासहित फिल्मले घरेलु बक्स अफिसमा लगानी सुरक्षित गरेको निर्माण टिमकाे दाबी छ। फिल्ममा बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारको अभिनय छ।

फिल्म शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीतमा बनेको छ। विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित हुन्।  रेड आइ फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ।

प्रकाशित: २ मंसिर २०८१ १६:०७ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast