सारालाई मिस टिनको उपाधि

हिमाल प्रेस ६ मंसिर २०८१ १९:४१ | Thursday, November 21, 2024
सारालाई मिस टिनको उपाधि

काठमाडौँ- यस वर्षको १९ औँ मिस टिन नेपालको उपाधि सारा पाण्डेले जितेकी छन्। बुधबार काठमाडौँ जेसीजले गरेको मिस टिन प्रतियोगितामा उनले मिस टिन नेपालको उपाधी जितेकी हुन्।

मिस टिन विजेता पाण्डेले ५० हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। शीर्ष उपाधिसँगै उनले मिस फोटोजेनिक विधामा ताज र विभिन्न उपहारसमेत प्राप्त गरिन्।

त्यसै गरी फर्स्ट रनर अपमा सुविका उपाध्याय र सेकेण्ड रनर अपमा समृद्धि पोख्रेलले उपाधि हासिल गरेकी छन्। फर्स्ट रन अपले ३० हजार नगद र सेकेन्ड रनर अपले २० हजार नगर प्राप्त गरेकी छन्।

शीर्ष उपाधिसँगै उनले मिस फोटोजेनिक विधामा ताज र विभिन्न उपहार समेत प्राप्त गरिन्। मिस टिन इभेन्टको व्यवस्थापन ३६५ ले गरेको थियो।

प्रकाशित: ६ मंसिर २०८१ १९:४१ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast