सांगीतिक यात्राको १५ वर्षे अनुभवसहित कन्सर्ट गर्दै कालीप्रसाद

हिमाल प्रेस २९ कार्तिक २०८१ १५:४० | Thursday, November 14, 2024
सांगीतिक यात्राको १५ वर्षे अनुभवसहित कन्सर्ट गर्दै कालीप्रसाद

काठमाडौँ-  नेपालका चर्चित संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटाले आफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसरमा कन्सर्ट गर्ने भएका छन्।

नवीन शैलीका गीत गाउन र तयार पार्न रुचाउने कालीप्रसाद आफ्नो ब्याण्डसहित पोखरा र बुटवलमा गुञ्जन लागेका हुन्। कन्सर्ट शुक्रबार अर्थात् कात्तिक ३० मा पोखराको लेकसाइडमा अवस्थित किङ्स लन्जमा हुनेछ।

पोखरामा उनीहरुको व्याण्डको तेस्रो प्रस्तुती हुनेछ। किङ्स लाउन्ज पोखराले कालीका फ्यानहरुबाट उनलाई पुनः सुन्ने चाहना राखेपछि काली र उनको व्याण्डको कार्यक्रम राखिएको जनाएको छ।

पोखरापछि उनीहरुले शनिबार बुटवलको द कन्सेप्ट क्लब एण्ड पबमा प्रस्तुति दिनेछन्। त्याहाँ उनीहरुले ‘निर जहिल्यै रिसाउनी’, ‘अजम्बरी लाउला पिरती’, ‘माया रैछ र भर रैछ नि’ र ‘जीवन जात्रा हो’ लगायतका लोकप्रिय गीत सुनाउनेछन्।

यसअघि उनीहरुले काठमाडौँसहित ललितपुर, मोरङ, सुनसरी, धनकुटा र भोजपुरमा प्रस्तुति दिइसकेका छन्।  सुनसरी, झापा, चितवनलगायतका स्थानमा कन्सर्टकाे आयाेजना गर्ने  तयारी  छ।

‘यो टुरले मेरो व्यक्तिगत उपलब्धिलाई मात्र उत्सवका रुपमा मनाउँदै छैन, यसले नेपाली संगीतको वृत्ति विकासलाई पनि उजागर गर्नेछ। हाम्रो टुरले फ्यानमाझ पुराना र नयाँ गीत पस्कनेसँगै मेरो यात्रा, करियर, गीत सिर्जनाका अविष्मरणीय क्षणलाई दर्शकमाझ प्रस्तुत गर्नेछ’, काली भन्छन्। यसअघि उनीहरुले काठमाडौँसहित ललितपुर, मोरङ, सुनसरी, धनकुटा र भोजपुरमा प्रस्तुति दिइसकेका छन्।

कालीप्रसादको नेपाल टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ। नेटवर्कले चार वर्षदेखि काली र उनको ब्याण्डको व्यवस्थापन सम्हाल्दै आएको छ। ‘आफ्नो नवीन शैलीका लागि परिचित कालीप्रसादले नेपाली सम्पदाका समृद्ध तत्वहरुसँग समसामयिक ध्वनिहरु मिसाएर नेपाली फिल्मका संगीतलाई पुनः आकार दिएका छन्। उहाँका गीत परिवारदेखि समाज हुँदै राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय छन्। उहाँको १५ वर्षे करियरको उत्सवमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं’, पीभीई नेटवकका विकेश कायस्थ भन्छन्।

प्रकाशित: २९ कार्तिक २०८१ १५:४० | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast