 
                             
                                            काठमाडौँ- सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको कारसहित निकालेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ९ः ४५ बजेतिर सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो।
यसअघि नै पोखरीमा डुबेका २ जनाको शव बाहिर निकालेको छ। सागरनाथबाट र ईप्रका केशरगंजबाट समेत सुरक्षा फौज खटिएको टोलीले शव निकालेको हो।
सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो । कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाही कार दुर्घटना अपडेट : पोखरीमा डुबेका दुईजनाकै शव गोताखोरले निकाल्यो

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 