सरकारलाई कुलमानको चुनौती : १५ दिनभित्र महसुल नतिर्ने उद्योगको लाइन फेरि काटिन्छ

हिमाल प्रेस २८ कार्तिक २०८१ १५:५१ | Wednesday, November 13, 2024
सरकारलाई कुलमानको चुनौती : १५ दिनभित्र महसुल नतिर्ने उद्योगको लाइन फेरि काटिन्छ कुलमान घिसिङ

काठमाडौँ- टीओडी मिटरको आधारमा विद्युत महसुल उठाउने सरकारको निर्णयलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौती दिएका छन्। उद्योगहरूमा विद्युत महसुलको पुरानै बिल पठाउने उनको भनाइ छ। बुधबार प्राधिकरणमा पत्रकार सम्मेलन गरेर घिसिङले पुरानै बिल पठाउने र उद्योगले नतिरे सरकार जिम्मेवार हुने बताएका हुन्।

‘१५ दिनभित्र महसुल उठाउन दिएको निर्देशनको पालना हुन्छ, पहिल्यै पर्याप्त प्रमाणसहितको बिल दिएका छौं। नयाँ बिल भन्ने हुन्न,’ उनले भने, ‘यदि यो समयमा पनि महसुल उठ्न नसके सरकारले जिम्मेवारी लिनुपर्छ।

आइतबार बसेको मनित्रपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल उठाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगलाई टाट पल्टिने गरी विद्युत लाइन काट्न नमिल्ने बताएका थिए।

कार्यकारी निर्देशक घिसिङले मन्त्रिपरिषद् निर्णयलाई चुनौती दिनेगरी पुरानै बिलका आधारमा महसुल तिर्नुपर्ने बताएका हुन्। ‘तिर्नुपर्ने रकम जसरी पनि तिर्नुपर्छ, पुरानो बक्यौता अहिले आएर तिर्न सक्दिनँ भन्नु ठीक होइन। यस्ता गतिविधिले प्राधिकरणको वित्तीय अवस्था नाजुक बनाइरहेको छ’ उनले भने, ‘उठ्नुपर्ने अन्य महसुल पनि उठेको छैन। यसअघि ९५/९६ प्रतिशत महसुल संकलन हुन्थ्यो अहिले ८८/९५ पनि भएको छैन।’

लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योगीको महसुल विवाद लामो समयसम्म सल्टेको छैन।

प्रकाशित: २८ कार्तिक २०८१ १५:५१ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast