‘सन् २०२४ हालसम्मकै गर्मी वर्ष हुन्छ’

हिमाल प्रेस २८ कार्तिक २०८१ ९:२४ | Wednesday, November 13, 2024
‘सन् २०२४ हालसम्मकै गर्मी वर्ष हुन्छ’

काठमाडौँ- संयुक्त राष्ट्रसंघले सन् २०२४ अभिलेख राख्न थालिएदेखि अहिलेसम्मकै सर्वाधिक गर्मी वर्ष हुने चेतावनी दिएको छ।अजरबैजानमा आयोजित विश्व जलवायु सम्मेलन (सीओपी २९) को पहिलो दिन प्रकाशित जलवायुसम्बन्धी प्रतिवेदनमा राष्ट्रसंघको एउटा निकायले त्यस्तो चेतावनी दिएको हो।

राष्ट्रसंघको विश्व मौसम संगठन (डब्ल्यूएमओ)ले जलवायु परिवर्तनका सन्दर्भमा ‘रेड अलर्ट’ जारी गरेको छ। तर त्यसको अर्थ विश्वले दीर्घकालीन तापमान वृद्धि औद्योगिकीकरण हुनुभन्दा अघिको तहसँग तुलना गर्दा १.५ डिग्रीभन्दा कममा सीमित पार्न विफल भएको भन्ने नलाग्ने सो निकायले जनाएको छ।

‘सीओपी २९’ मा सहभागी हुन बाकुमा भेला भएका नेताहरू विकासशील देशलाई जलवायुसम्बन्धी गतिविधिका लागि प्रस्तावित १० खर्ब डलरको प्याकेज उपलब्ध गराउनुपर्ने दबावमा छन्।

आगामी दुई सातासम्म चल्ने उक्त सम्मेलनमा विश्वका झन्डै २०० राष्ट्रका शीर्ष नेताहरू सहभागी हुँदै छन्। त्यसमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली टोली गएको छ। यो सम्मेलनको मुख्य ध्यान प्यारिस सहमति २०१५ ले निर्धारण गरेअनुरूप राष्ट्रहरूले दीर्घकालीन तापमान वृद्धिलाई कसरी १.५ डिग्री मा सीमित पार्ने गरी योजना बनाउँछन् भन्नेमा छ।

यो वर्ष औसत तापमान वृद्धि १।५ डिग्री सेल्सिअस भएको छ। तर राष्ट्रसंघले आफूले दीर्घकालीन प्रवृत्तिको कुरा गरेको हुनाले त्यस्तो वृद्धिले लक्ष्य भने प्रभावित नभएको जनाएको छ। बीबीसीबाट

प्रकाशित: २८ कार्तिक २०८१ ९:२४ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast