श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य

हिमाल प्रेस १४ मंसिर २०८१ १५:०२ | Friday, November 29, 2024
श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य यू १९ क्रिकेट टोली। फाइल तस्बिर

काठमाडौँ– एसिसी यु-१९ एसिया कपमा श्रीलंकाले नेपाललाई २३४ रनको प्रस्तुत गरेको छ। यूएईको सारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल तयार पार्यो।

शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रनको योगदान गरे। यसैगरी लक्भिन अबेसिंगा ५० बलमा ५३, कभिजा गिमामगेले ३६ तथा दुलनिथ सिंगारा र भिमथ दिनसाराले समान २४ रन जोडे।

नेपालका लागि सन्तोष यादवले चार, युवराज खत्रीले दुई तथा कप्तान हेमन्त धामी र नरेन साउदले समान एक विकेट लिए। अहिले नेपालले ब्याटिङ सुरु गरेको छ।

प्रकाशित: १४ मंसिर २०८१ १५:०२ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast