विराटनगरले एनपीएल जिते ३० लाख दिने कोशीका मुख्यमन्त्रीको उद्घोष

हिमाल प्रेस १२ मंसिर २०८१ १३:१२ | Wednesday, November 27, 2024
विराटनगरले एनपीएल जिते ३० लाख दिने कोशीका मुख्यमन्त्रीको उद्घोष

इटहरी- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेमा कोशी प्रदेश सरकारले ३० लाख दिने घोषणा गरेको छ।

विराटनगर किङ्सका खेलाडीलाई मंगलबार राति बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को लागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ।

मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिदैँ खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए। क्रिकेटबाट अन्तर्राष्ट्रिय रूपमै आफ्नो पहिचान बनाउन सकिने उल्लेख गरे।

‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ,’ कार्कीले भने, ‘आगामी दिनमा खेलकुदको विकासका लागि थप योजनाहरू अघि सारिनेछ।’

विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताए। प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुनेछ।

प्रकाशित: १२ मंसिर २०८१ १३:१२ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast