विद्यालय छानेर केन्द्रमा पठाउन पत्र

हिमाल प्रेस ११ मंसिर २०८१ १६:३९ | Tuesday, November 26, 2024
विद्यालय छानेर केन्द्रमा पठाउन पत्र

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले जिल्लाका उत्कृष्ट विद्यालय छानेर केन्द्रमा पठाउन पत्र काटेको छ।

केन्द्रले सोमबार सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र काटेर टेलिभिजन कार्यक्रम ‘शिक्षाको चौतारी’ लागि जिल्लामा असल अभ्यास तथा शैक्षिक उन्नयनमा उत्कृष्ट कार्य गरेका विद्यालयको विवरण पठाउन आग्रह गरेको हो।

उत्कृष्टताको क्षेत्र भन्नाले उत्कृष्ट सिकाइ उपलब्धि, गुणस्तरीय शिक्षा, उत्कृष्ट व्यवस्थापन, उत्कृष्ट पूर्वाधार, उल्लेख्य विद्यार्थी संख्या, विद्यालय सुसाशन, विद्यालयमा जनसहभागिता, अतिरिक्त तथा सहक्रियाकलाप आदि पक्ष रहेको श्रव्यदृश्य शाखा अधिकृत नगेन्द्रप्रसाद दहालले बताए।

यस्तो छ पत्र

प्रकाशित: ११ मंसिर २०८१ १६:३९ | Tuesday, November 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast