विजयले सुरु गरे ‘लाज शरणम्’ को छायांकन

हिमाल प्रेस १२ मंसिर २०८१ ११:३४ | Wednesday, November 27, 2024
विजयले सुरु गरे ‘लाज शरणम्’ को छायांकन

काठमाडौँ- सुपरहिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का मुख्य कलाकार विजय बरालले ‘लाज शरणम्’ को छायांकन सुरु गरेका छन्। उनी अब ‘लाज शरणम’ मा देखिनेछन्।

अभिनेता बरालले काठमाडौँको माइतीघरस्थित खाद्य गोदामबाट सुटिङ सुरु गरेका हुन्।  टिमले उनको भूमिकाबारे खुलाएको छैन। ‘पूर्ण बहादुरकाे सारङ्गी’ हलमा प्रदर्शन भइरहेकाे छ।

‘लाज शरणम’ काे टिम दसैँ अघि डोल्पामा छायांकन सकेर केहि दिनदेखि उपत्यकामा दोस्रो चरणमा फिल्मको छायांकन गरिरहेको छ। हालसम्म फिल्मको ९५ प्रतिशत छायांकन सकिएको निर्माण पक्षले जनाएको छ। फिल्म सुदीप बरालले छायांकन गरिरहेका छन्।

फागुन १४ अर्थात् महाशिवरात्रीमा प्रदर्शन हुने भनिएकाे फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, बबिन राई, रामभजन कामत, कमलमणी नेपाललगायत कलाकारको अभिनय रहनेछ।  जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन्।

प्रकाशित: १२ मंसिर २०८१ ११:३४ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast