लोसपाले बोलायो स्थानीय जनप्रतिनिधि भेला

हिमाल प्रेस ५ मंसिर २०८१ ७:४० | Wednesday, November 20, 2024
लोसपाले बोलायो स्थानीय जनप्रतिनिधि भेला लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थानीय जनप्रतिनिधिको भेला बोलाएको छ।

लोसपा नेपालले मंसिर ५ गते स्थानीय जनप्रतिनिधिहरूको भेला काठमाडौँमा बोलाएको हो। २०७९ को स्थानीय चुनावमा लोसपा नेपालबाट १६ जना पालिका प्रमुख, १२ जना उपप्रमुख, १०३ जना वडा अध्यक्ष, एक जना जिल्ला समन्वय समितिका सभापति र दुई जना उपसभापति निर्वाचित भएका थिए।

स्थानीय तहमा भइरहेको कामकाजको अनुभव, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषिलगायतको क्षेत्रमा भएका काम तथा दलित, विपन्न वर्गका लागि अघि सारिएका योजनाबारे भेलामा छलफल हुने लोसपा नेपालका महासचिव सुरेन्द्र झाले बताए।

लोसपा नेपालले उपनिर्वाचनमा भाग नलिए पनि त्यसको बारेमा विचार विमर्श गर्ने बताउँदै झाले मंसिर १६ हुन गइरहेको स्थानीय तहको उपचुनावमा लोसपा नेपालको भूमिकाबारे पनि जनप्रतिनिधिहरूसँग छलफल गरेर एउटा निर्णय लिने जानकारी दिए।

स्थानीय तहमा लोसपा नेपालको अवस्था के कस्तो छ, उपचुनावमा कुन पार्टीको अवस्था कस्तो छ भन्नेबारे स्थानीय जनप्रतिनिधिहरूलाई राम्रोसँग हुने भएकाले उनीहरूको राय बुझेरमात्र थप निर्णय लिने महासचिव झाले बताए ।

प्रकाशित: ५ मंसिर २०८१ ७:४० | Wednesday, November 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast