लीलाबल्लभ जोडिएको प्रकरणमा थप दुई पक्राउ

हिमाल प्रेस २८ कार्तिक २०८१ ६:४६ | Wednesday, November 13, 2024
लीलाबल्लभ जोडिएको प्रकरणमा थप दुई पक्राउ लीलावल्लभ अधिकारी

काठमाडौँ- जापानबाट डिपोर्ट भएकाको नक्कली कागजात बनाइदिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौँबाट थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनीहरुलाई बागबजारबाट पक्राउ गरिएको अधिकारीले बताए। कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा संलग्न भएको आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या नौ पुगेको छ। उक्त प्रकरणमा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।

मंगलबार पक्राउ परेका नवीन राई र गुड्डी राईले बागबजारमा खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका–२ को वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ को परिचयपत्र बनाइ दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २८ कार्तिक २०८१ ६:४६ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast