काठमाडौँ- दसैँ, नेपाल संवत्, तिहार र छठ पर्वको ३३ दिन लामो बिदापछि खुलेका विद्यालयमा शिक्षक र विद्यार्थी न्यून उपस्थित भएका छन्।
डोल्पाको ठुलीभेरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गरेको अनुगमनका क्रममा नगरभित्रका सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी न्यून उपस्थित भएका हुन्।
तिहारलगत्तै विभिन्न विद्यालयको अनुगमन हुँदा अनुगमन गरिएका सबै विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति न्यून देखिएको उक्त शाखाले जनाएको छ।
शाखाले शिक्षकको अनिवार्य उपस्थितिमा विद्यालय सञ्चालन र पठनपाठन नियमित गर्न निर्देशन दिएको छ।
                            प्रकाशित: २२ कार्तिक  २०८१ १५:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

