लगानी प्रवर्द्धनमा नेपाली नियोगहरूलाई सघाउँछौँ : चन्द्र ढकाल

हिमाल प्रेस २८ कार्तिक २०८१ २०:२१ | Wednesday, November 13, 2024
लगानी प्रवर्द्धनमा नेपाली नियोगहरूलाई सघाउँछौँ : चन्द्र ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धनका लागि विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिबद्धता जनाएका छन्।

विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसँग महासंघले आयोजना गरेको अन्तरक्रियामा उनले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरी लगानी प्रवर्द्धन लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताएका हुन्।

नेपालमा वातावरण बन्दै गए पनि लगानी प्रोत्साहित हुन नसकेको सन्दर्भमा उनले नवनियुक्त राजदूतहरूलाई आर्थिक कूटनीतिलाई कार्य सम्पादनको मानकका रूपमा मानेर काम गर्न आग्रह गरे।

छलफलका क्रममा सहभागी नवनियुक्त राजदूतहरूले स्तरोन्नतिबाट न्यून प्रभाव पर्ने गरी काम गर्न आवश्यक रहेको बताएका थिए। यसै गरी निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने बताएका थिए।

प्रकाशित: २८ कार्तिक २०८१ २०:२१ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast