लगातारको हारमा पनि शीर्षमा बार्सिलोना

हिमाल प्रेस २६ कार्तिक २०८१ ७:०२ | Monday, November 11, 2024
लगातारको हारमा पनि शीर्षमा बार्सिलोना

काठमाडौँ- स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले लगातार हार व्यहोर्नु परेको छ।

आइतबार राति रियल सोसिडाडको घरेलु मैदान रियल एरिनामा भएको खेलमा बार्सिलोना घरेलु टोलीसँग १-० गोलअन्तरले हारेको हो।

खेलको ३३ औँ मिनेटमा शेराल्डो बेकरको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि गोल थप्न नसक्दा बार्साले सिजनमा दोस्रो पराजय बेहोरेको हो।

बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा ६ अंकले अघि छ। लिगमा १३ खेल खेलेको बार्साले ११ खेलमा जित र २ खेलमा हार भोग्दै ३३ अंक बनाएको हो। बार्साभन्दा एक खेल कम खेलेको रियलको २७ अंक छ।

जितसँगै रियल सोसिडाड भने १८ अंकसहित आठौँ स्थानमा छ। गएराति नै भएको अन्य खेलमा सेल्टाभिगो र रियल बेटिसले २-२ तथा एथलेटिको क्लब र रियल भल्लाडोलिडले १-१ को बराबरी गर्दै अंक बाँडे।

जिरोनाले गेटाफेलाई तथा एथलेटिको मड्रिडले मार्लोकालाई समान १-० गोलअन्तरले हराए।

प्रकाशित: २६ कार्तिक २०८१ ७:०२ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast