रोनाल्डोको दुई गोलमा नेसन्स लिगको क्वार्टरफाइनलमा पोर्चुगल

हिमाल प्रेस १ मंसिर २०८१ ९:१६ | Saturday, November 16, 2024
रोनाल्डोको दुई गोलमा नेसन्स लिगको क्वार्टरफाइनलमा पोर्चुगल

काठमाडौँ- पोर्चुगल नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान घरेलु मैदानमा भएको खेलमा पोल्यान्डमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकाल्दै पोर्चुगल नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले दुई तथा राफेल लियो, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले समान एक-एक गोल गरे। पोल्यान्डका लागि डोमिनिक मार्कजुकले सान्तोना गोल गरेका थिए।

खेलको ५९ औँ मिनेटमा राफेल लियोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७२औँ मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए।

खेलको ८०औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि पोर्चुगल ३-० को अग्रता लिन पुग्यो। खेलको ८३औँ मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई ४-० को अग्रतामा पुर्‍याए।

खेलको ८७औँ मिनेटमा कप्तान रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगल ५-० को अग्रता लिन सफल भयो।

त्यसपछि खेलको ८८औँ मिनेटमा पोल्याण्डका लागि डोमिनिक मार्कजुकले गोल गर्दै अग्रता ५-१ को स्थितिमा झारेका थिए। तर, बाँकी समयमा गोल हुन नसकेपछि खेल पोर्चुगलले ५-१ गोलअन्तरले जितेको हो।

जितसँगै नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको पोर्चुगलको ५ खेलबाट १३ अंक भएको छ। पराजित पोल्यान्डको भने समान खेलबाट ४ अंकका साथ समूहको तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको क्रोएसियाको समान खेलबाट ७ अंक छ।

प्रकाशित: १ मंसिर २०८१ ९:१६ | Saturday, November 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast