रुसी आक्रमणको जोखिम बढेपछि युक्रेनको संसद् बैठक रद्द

हिमाल प्रेस ७ मंसिर २०८१ १६:२५ | Friday, November 22, 2024
रुसी आक्रमणको जोखिम बढेपछि युक्रेनको संसद् बैठक रद्द रूसी राष्ट्रपति भ्लादिमिर पुटिन। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- युक्रेनको संसद्ले रुसी आक्रमणको सम्भावनाका कारण आगामी बैठक रद्द गरेको छ। युक्रेनको यस्तो निर्णयले सुरक्षा चासोलाई प्राथमिकतामा राखेको संकेत गर्ने बीबीसीले उल्लेख गरेको छ।

रूसले पछिल्लो समय युक्रेनी भूमिहरूमा उच्च क्षमताका मिसाइल प्रहार गरेको छ। जसबाट युक्रेनका प्रमुख संरचनाहरू जोखिममा परेका छन्। संसद्ले रद्द गरिएको बैठकको विकल्पमा सुरक्षा सुनिश्चित गर्ने उपायहरूबारे थप जानकारी सार्वजनिक गर्ने अपेक्षा छ। यो घटनाले युक्रेनमा जारी युद्धको जटिलता र राजनीतिक गतिविधिहरूमाथि पर्ने असरलाई झल्काउँछ।

युक्रेनको संसद्ले शुक्रबारको सत्र रद्द गरेको हो। रूसी क्षेप्यास्त्र आक्रमणको जोखिम बढेको चेतावनी आएपछि संसद् बैठक रद्द गरिएको हो। ‘सरकारलाई प्रश्न गर्ने घण्टा पनि रद्द गरिएको छ’, सत्तारूढ दलका एक सांसदले भनेका छन्।

सांसद येभगेनिया क्राभचुकका अनुसार आगामी दिनमा रुसी आक्रमणको जोखिम बढेको संकेत प्राप्त भएका छन्। सुरक्षा प्राथमिकतामा राख्दै संसद्ले सम्भावित जोखिम टार्नका लागि यस्तो निर्णय लिएको ती सांसदले बताए।

रूसका रक्षामन्त्री आन्द्रेई बेलोउसोभले युक्रेनमाथि गरिएको नयाँ ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणले यस वर्षका लागि युक्रेनको सैन्य योजना ‘असफल पारेको’ दाबी गरेका छन्। रूसले पहिलो पटक नयाँ प्रकारको ब्यालिस्टिक मिसाइलले युक्रेनी भूमिमा आक्रमण गरेको थियो। रूसले युक्रेनको सबैभन्दा सक्षम युनिटहरूलाई कमजोर बनाएको दाबी गरेको छ।

जेलेन्स्कीको आरोप, रूस शान्तिका पक्षमा छैन, पुटिन भन्छन्, जुनसुकै परिस्थिति सामना गर्न तयार छौँ

प्रकाशित: ७ मंसिर २०८१ १६:२५ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast