रुसले अमेरिकालाई दियो यस्तो चेतावनी

हिमाल प्रेस ७ मंसिर २०८१ १६:५० | Friday, November 22, 2024
रुसले अमेरिकालाई दियो यस्तो चेतावनी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन। तस्बिर : एपी/रासस

काठमाडौँ– रुसले युक्रेनमाथि गरिएको हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण पश्चिमी देशहरूको ‘लापरवाह’ निर्णय र युक्रेनलाई समर्थनप्रति रूसी प्रतिक्रिया भएको दाबी गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसले उक्त क्षेप्यास्त्र युक्रेनमा प्रहार गरेको र यसले पश्चिम, विशेषगरी अमेरिकालाई स्पष्ट चेतावनी दिएको बताएको बीबीसीले जनाएको छ।

पेस्कोभले भनेका छन्, ‘पश्चिमी देशहरूले मिसाइल उत्पादन गर्ने, युक्रेनलाई उपलब्ध गराउने र रूसी भूमिमा आक्रमणमा सहयोग गर्ने निर्णय भइरहेकाले रूस जवाफविहीन रहन सक्दैन।’ नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परमाणु हतियार बोकेर प्रहार गर्न सक्षम रहेको दाबी रुसको छ।

रूसले आक्रमणबारे हुनु ३० मिनेटअघि अमेरिकालाई जानकारी दिएको समाचारमा उल्लेख छ। पेस्कोभले राष्ट्रपति भ्लादिमिर पुटिन वार्ताका लागि खुला रहेको संकेत गरेका छन्।

आक्रमणले पश्चिमी देशहरूलाई युक्रेनलाई समर्थन गर्दै गर्दा रूसको सामरिक प्रतिक्रिया कस्तो हुन सक्छ भन्ने स्पष्ट सन्देश दिएको क्रेमलिनको दाबी छ।

रुसी आक्रमणको जोखिम बढेपछि युक्रेनको संसद् बैठक रद्द

प्रकाशित: ७ मंसिर २०८१ १६:५० | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast