राष्ट्रपति रामचन्द्र पौडेल
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। राष्ट्रपति पौडेलले बुधबार सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई बधाई दिएका हुन्।
पौडेलले लेखेका छन्, ‘ऐतिहासिक विजयका लागि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई! तपाईंको दोस्रो कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्दछु।’
राष्ट्रपति पौडेलले ट्रम्पको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: २१ कार्तिक २०८१ १६:५५ | Wednesday, November 6, 2024
प्रतिक्रिया





