राप्रपाले उपनिर्वाचनमा तालमेल नगर्ने, उठायो उम्मेदवार

हिमाल प्रेस २९ कार्तिक २०८१ ७:३४ | Thursday, November 14, 2024
राप्रपाले उपनिर्वाचनमा तालमेल नगर्ने, उठायो उम्मेदवार

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन थालेको छ।

उसले उपनिर्वाचनमा कसैसँग तालमेल नगर्ने पनि बताएको छ। त्यस्तै उपनिर्वाचन हुने सबै स्थानीय तहमा उमेदवारी दिने पनि पार्टीले जानकारी दिएको छ। राप्रपाले झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्षमा नारायणप्रसाद निरौलालाई उम्मेदवार बनाउने भएको छ।

सुनसरीकोगढी गाउँपालिका- ६ को अध्यक्षमा कविताकुमारी उराव र तेह्रथुमको लालीगुराँस नगरपालिका-८को वडाध्यक्षमा रत्नबहादुर श्रीपाली र ओखलढुंगाको मेलुङ गाउँपालिका-५ को वडाध्यक्षमा चन्द्रमणि दाहाल उम्मेदवार बन्ने भएका छन्।

सप्तरीको डाक्नेश्वर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा शतिसकुमार चौधरी र सप्तरीकै डाक्नेश्वर नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा रामकुमार यादव उम्मेदवार बन्नेछन्।

काठमाडौँ महानगरपालिका-१६ को वडाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ उम्मेदवार तय भएका छन्। दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष मनकुमारी श्रेष्ठ, काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा ध्रुव महर्जन उम्मेदवार बन्नेछन्। कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा सुरेन्द्र उप्रेती र कीर्तिपुर-४ को अध्यक्षमा विजेश बस्ने उम्मेदवार बन्नेछन्।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १२ को अध्यक्षमा प्रेम लामा भ्लोन उम्मेदवार बन्ने निश्चित भएको छ।

गुल्मीको मुसीकोट गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा ईश्वरी खाती, रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा पहलबहादुर वली, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा इम्तियाज अहमद उम्मेदवार बन्ने भएका छन्।

कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा जुद्धबहादुर शाही उम्मेदवार बन्न लागेका छन्। यस्तै बाजुराको स्वामीकार्तीक खापर गाउँपालिकाको उपाध्यक्षमा सुनादेवी थापा (भोटे) उम्मेदवार बन्ने राप्रपाले बताएको छ।

बाँकी स्थानीय तहका उमेदवारहरू चाँडै टुगो लाग्ने राप्रपाले जानकारी दिएको छ।

प्रकाशित: २९ कार्तिक २०८१ ७:३४ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast