रवि लामिछानेलाई १० : ३० मा हवाई माध्यमबाट बुटवल लगिँदै

हिमाल प्रेस २७ कार्तिक २०८१ १०:२६ | Tuesday, November 12, 2024
रवि लामिछानेलाई १० : ३० मा हवाई माध्यमबाट बुटवल लगिँदै रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का  सभापति रवि लामिछानेलाई अहिले १० : ३० बजे पोखराबाट बुटवल लैजाने भएको छ।  बिहानदेखि नखुलेको मौसम पछिल्लो समय सुधार आएपछि सोही समयको उडान भर्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लैजान लागिएको हो। उनलाई भैरवहा पुर्‍याएपछि सुरुवातमा जिल्ला सरकारी वकीलको कार्यालमा उपस्थित गराइनेछ।

उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरी हिरासतमा थिए।

प्रकाशित: २७ कार्तिक २०८१ १०:२६ | Tuesday, November 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast