रविविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी, काठमाडौँ ल्याउने तयारी

हिमाल प्रेस ८ मंसिर २०८१ ८:०० | Saturday, November 23, 2024
रविविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी, काठमाडौँ ल्याउने तयारी रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए। जिल्ला अदालतबाट शुक्रबार प्रहरीले पक्राउ अनुमति लिएको एसपी मिश्रले बताए।

चितवनको सहारा चितवन सहकारीका पीडितहरूले लामिछाने र छविलाल जोशीसहितका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका थिए।

पूरक जाहेरी दर्तापछि प्रारम्भिक अनुसन्धानपछि प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो। साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ।

लामिछाने र जोशी गोर्खा मिडियाका सञ्चालक थिए। अन्य ८ जना जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनीका सञ्चालक तथा सेयरधनी हुन्। अहिले लामिछाने कास्की हिरासतमा छ। उनलाई काठमाडौँ प्रहरी र रूपन्देही प्रहरीमा पनि जाहेरी परेको थियो। यसपछि उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८१ ८:०० | Saturday, November 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast