काठमाडौँ- यू-१९ महिला विश्व कपको एसिया छनोटको तेस्रो खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)सँग टस हारेको छ।
यूएईले टस जितेर ब्याटिङ रोजेको छ। यूएईले पहिले ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा बिहीबार कुवेतलाई १०८ रनले हराएको थियो।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू-१९ महिला टी- २० विश्वकपका लागि छनोट हुनेछ। यी सबै खेल डबर राउन्ड रोबिनमा हुनेछ। अर्थात, यी सबै टोलीसँग नेपालले दुईपटक भिड्नुपर्ने हुन्छ।
प्रकाशित: २४ कार्तिक २०८१ ११:१३ | Saturday, November 9, 2024
प्रतिक्रिया





