यू-१९ महिला विश्वकप छनोट : थाइल्यान्डसँग दोस्रो पटक आमनेसामने हुँदै नेपाली टिम

हिमाल प्रेस २५ कार्तिक २०८१ ६:३० | Sunday, November 10, 2024
यू-१९ महिला विश्वकप छनोट : थाइल्यान्डसँग दोस्रो पटक आमनेसामने हुँदै नेपाली टिम

काठमाडौँ- आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटअन्तर्गत आज (आइतबार) नेपाल थाइल्यान्डसँग भिड्दैछ। यूएईको अजमानमा हुने खेल स्थानीय समयअनुसार दिउँसो साढे १ बजे सुरु हुनेछ।

छनोटको पहिलो खेलमा थाइल्यान्डलाई हराएको नेपाली टोली सोही नतिजा दोहोर्‍याउने योजनामा छ। थाइल्यान्ड पनि नेपाललाई हराउँदै छनोटमा दोस्रो जित हासिल गर्ने दाउमा छ।

छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो। दोस्रो खेलमा कुवेतविरुद्ध १ सय ८ रनको फराकिलो विजय प्राप्त गरेको थियो। तर तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग १३ रनले हार्‍यो। चार टोली सहभागी छनोट प्रतियोगितामा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फर्म्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू-१९ विश्वकप खेल्न पाउनेछन्।

एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ। यू-१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ।

प्रकाशित: २५ कार्तिक २०८१ ६:३० | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast