यू-१९ महिला क्रिकेट टोली : एसिया कपमा भारत र पाकिस्तानसँग, विश्वकपमा बंगलादेश र अस्ट्रेलियासँग

हिमाल प्रेस २९ कार्तिक २०८१ ७:०१ | Thursday, November 14, 2024
यू-१९ महिला क्रिकेट टोली : एसिया कपमा भारत र पाकिस्तानसँग, विश्वकपमा बंगलादेश र अस्ट्रेलियासँग

काठमाडौँ- नेपाली यू-१९ महिला क्रिकेट टिमले एसिया कपमा भारत र पाकिस्तानसँग भिड्ने भएको छ। आगामी डिसेम्बरमा मलेसियामा हुने एसीसी यू-१९ महिला एसिया कप नेपालले टेष्ट राष्ट्रसँग खेल्ने मौका पाएको छ।

एसियाली क्रिकेट परिषद (एसीसी) ले बुधबार यू-१९ महिला एसिया कपको मिति र खेलतालिका सार्वजनिक गरेको हो।जसअनुसार प्रतियोगिता डिसेम्बर १५ देखि २२ सम्म हुनेछ। प्रतियोगितामा ६ टोली सहभागी हुनेछ।

नेपाल भारत र पाकिस्तानसँगै समूह ए मा छ। बंगलादेश, श्रीलंका र मलेसिया समूह ‘बी’ मा छन्। यता यू-१९ विश्वकपमा भने नेपाल समूह डीमा परेको छ। नेपालले अस्ट्रेलिया, बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ।

समूह ‘डी’मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, स्कटल्यान्ड रहेका छन्। नेपालले बुधबार मात्र यूएईलाई हराउँदै विश्वकप यात्रा सुनिश्चित गरेको हो।

प्रकाशित: २९ कार्तिक २०८१ ७:०१ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast