यूएईले नेपाललाई दियो ८४ रनको लक्ष्य

हिमाल प्रेस २८ कार्तिक २०८१ १७:०९ | Wednesday, November 13, 2024
यूएईले नेपाललाई दियो ८४ रनको लक्ष्य

काठमाडौँ- आईसीसी यू–१९ ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालसामु ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ। यूएईको सेभेन डिस्ट्रिक मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको हो।

विश्वकपमा छनोट हुन आज नेपाललाई फराकिलो जितको आवश्यकता छ। प्रतियोगितामा पाँच खेलबाट आठ अंक जोडेको नेपाल अंकतालिकाको दोस्रो स्थानमा छ। पाँच खेलबाट १० अंक जोडेको युनाइटेड अरब इमिरेट्स (यूएई) तालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित: २८ कार्तिक २०८१ १७:०९ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast