यस्ता छन् बागमती सरकारका निर्णय

हिमाल प्रेस ६ मंसिर २०८१ २१:४२ | Thursday, November 21, 2024
यस्ता छन् बागमती सरकारका निर्णय

मकवानपुर- बागमती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले चार वटा निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम वा सो सरहको अधिकृतहरूलाई कामकाजमा खटाउने, योजना सम्झौतामा राय/सहमति प्रदान गर्ने र योजना सम्झौतामा हस्ताक्षर गर्न आधिकारिक प्रतिनिधि तोकी पठाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

यस्तै बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्नेलगायत निर्णय गरेको प्रवक्ता लामिछानेले बताए।

प्रकाशित: ६ मंसिर २०८१ २१:४२ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast