यसरी हेर्न सकिन्छ घरमै बसेर एनपीएल

हिमाल प्रेस १५ मंसिर २०८१ ८:२० | Saturday, November 30, 2024
यसरी हेर्न सकिन्छ घरमै बसेर एनपीएल

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल हुँदैछ।

उद्घाटन खेलको टिकट हिजै (शुक्रबार) सकिएकाले अब अन्य दर्शकले घरबाटै खेल हेर्नुपर्ने हुन्छ। यो खेल टेलिभिजनमा स्टार स्पोटर्स र युट्युबमा ‘एक्सन स्पोर्ट्स’बाट हेर्न सकिने छ।

एनपीएललाई विश्वमाझ चिनाउनका लागि स्टार स्पोर्ट्समा लाइभ गर्ने तयारी गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए।

आज मध्यान्न सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच उद्घाटन खेल हुँदैछ। एनपिएलमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।

प्रकाशित: १५ मंसिर २०८१ ८:२० | Saturday, November 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast