म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

हिमाल प्रेस ९ मंसिर २०८१ १०:२२ | Sunday, November 24, 2024
म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो रवि लामिछाने। फाइल तस्बिर

पोखरा- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ।

सोही मुद्दामा अनुसन्धान गर्न पुनः म्याद थपका लागि लामिछानेलाई आइतबार अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए।

यसअघि गत कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो।

प्रकाशित: ९ मंसिर २०८१ १०:२२ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast