मुख्यमन्त्री कार्यालयअगाडि शहीद परिवारको प्रदर्शन

हिमाल प्रेस ८ मंसिर २०८१ २१:३९ | Saturday, November 23, 2024
मुख्यमन्त्री कार्यालयअगाडि शहीद परिवारको प्रदर्शन

जनकपुरधाम – मधेश आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन्। मधेश आन्दोलनमा मधेश प्रदेशबाट ५२ जना शहिद भएका थिए।

सात वर्ष आगाडि मधेश प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहिद परिवारका एक/एक जनालाई रोजगार दिने निर्णय गरे पनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहिद परिवारका सदस्य आन्दोलित भएका हुन्।

मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहिद परिवारका सदस्य सहभागी भएका थिए। उनीहरूले प्रदेश सरकारले आफूहरूको माग पूरा नगरेसम्म घर नफर्किने चेतावनी दिएका छन्।

शहिद परिवारका सदस्य रामनरेश राय यादवले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पहिलो मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न पटकपटक भेटेर आग्रह गर्दा पनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको गुनासो गरे।

उनका अनुसार बाउन्न शहिद परिवारका एक÷एक सदस्यलाई रोजगार दिने सरकारले निर्णय गरे पनि सात वर्ष बितिसक्यो तर कार्यान्वयन भएको छैन। केही शहिद परिवारलाई मात्र करारको जागिर दिइएको छ। तर उनीहरूलाई पनि हटाउन खोजिएको उनले बताए।

यादवले भने, ‘सरकारले गरेको निर्णयअनुसार सबै शहिद परिवारका एक/एक सदस्यलाई स्थायी जागिरको व्यवस्थापन गर्नुपर्ने हाम्रो माग रहेको छ।’ माग पूरा नगरे आफूहरू पनि सहादत दिने यादवले चेतावनी दिए।

प्रकाशित: ८ मंसिर २०८१ २१:३९ | Saturday, November 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast