 नेसपा नेता महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ। फाइल तस्बिर
                             नेसपा नेता महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ। फाइल तस्बिर
                                            काठमाडौँ- महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।
सो पार्टीका महासचिव रमेश प्रसाद यादवले निकालेको विज्ञप्तिमा माओवादी केन्द्रको उम्मेदवारी रहेका पालिका र वडाहरुमा सहयोग गर्ने जानकारी दिएका छन्।
नेसपा २०७९ मा सम्पन्न संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेको थियो। अहिलेको स्थानीय तह उपनिर्वाचनमा पनि माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर सहभागी हुँदैछ।
शनिबार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच काठमाडौंमा चुनावी तालमेल गर्ने निर्णय सहमति भएको थियो। सो सहमति अनुसार कीर्तिपुरको मेयर र वडामा एकीकृत समाजवादीले माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने र काठमाडौंको वडा नम्बर १६ मा माओवादी केन्द्रले एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्ने छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 