मन्त्री पाण्डेलाई गम्भीर आरोप लगाएका सांसद बजगाईंसँग कांग्रेसले लियो स्पष्टीकरण

हिमाल प्रेस ४ मंसिर २०८१ १७:२४ | Tuesday, November 19, 2024
मन्त्री पाण्डेलाई गम्भीर आरोप लगाएका सांसद बजगाईंसँग कांग्रेसले लियो स्पष्टीकरण

काठमाडौँ- नेपाली कांग्रेसले आफ्ना सांसद राजेन्द्र बजगाईंसँग स्पष्टीकरण सोधेको छ। आज पार्टी कार्यालयमा पार्टी अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगाना र महामन्त्री विश्वप्रकाश शर्माले बजगाईंसँग मौखिक स्पष्टीकरण सोधेका हुन्।

सांसद बजगाईंले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि विभिन्न आरोप लगाएका थिए। त्यसपछि मन्त्री पाण्डेले यसबारे कारबाही गर्न पार्टीमा उजुरी दिएका थिए।

कांग्रेस अनुशासन समितिका संयोजक ढुंगानाका अनुसार बजगाईंसँग थप सोधपुछ गरेपछि कारबाही निर्णय हुनेछ। ‘आज यसबारे सोधपुछ भयो,’ उनले भने, ‘अझै उहाँसँग केही सोधपुछ बाँकी छ। छानबिन र सोधपुछपछि थप निर्णय हुन्छ।’ बजगाईंले पनि आफूले लिखित जवाफ पठाउने बताएका छन्।

पर्यटनमन्त्रीले भने : करोड होइन, कौडी खाएको पुष्टि गरे राजनीति छोड्दिन्छु

पर्यटनमन्त्री पाण्डेले आफ्नै पार्टीका सांसद बजगाईंविरुद्ध किन हाले उजुरी?

हवाई भाडा अकासिएको भन्दै सांसद बजगाईँले गरे सांकेतिक विरोध

प्रकाशित: ४ मंसिर २०८१ १७:२४ | Tuesday, November 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast