मङ्सिर २४ देखि २७ सम्म ‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

हिमाल प्रेस १३ मंसिर २०८१ १३:०२ | Thursday, November 28, 2024
मङ्सिर २४ देखि २७ सम्म ‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

काठमाडौँ- नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ। बाह्रौँ संस्करणको महोत्सव यही मङ्सिर २४ देखि २७ गतेसम्म चल्ने र नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा रहेको महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए।

‘यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त चलचित्रसमेत सहभागी हुन् आएका छन्, मानव अधिकारसँग सम्बन्धित चलचित्रहरुको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रुपमा महोत्सव गर्दै आएको छौँ’, निर्देशक खत्रीले भने।

उनले ‘अल वी इमाजिन एज लाईट’, ‘द म्यान हु कुडनट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’,‘ओटिट’लगायतका चलचित्रको सहभागिताले महोत्सवको रौनकता बढाएको बताए।

सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले आयोजना गर्ने यस महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठी पनि आयोजना गरिरहेको छ। महोत्सव काठमाडौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।

प्रकाशित: १३ मंसिर २०८१ १३:०२ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast