भैरहवामा रविका समर्थक र सुप्रिम सहकारीपीडितको प्रदर्शन (फोटो फिचर)

विनोद परियार २७ कार्तिक २०८१ १५:४५ | Tuesday, November 12, 2024
भैरहवामा रविका समर्थक र सुप्रिम सहकारीपीडितको प्रदर्शन (फोटो फिचर)

लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुप्रिम सहकारीको ठगी आरोपमा बयानका लागि रुपन्देही ल्याएपछि मंगलबार दिनभर भैरहवा क्षेत्रमा प्रदर्शन भइरहेको छ। लामिछाने समर्थकहरूले विमानस्थल बाहिर, सरकारी वकिल कार्यालय र जिल्ला अदालत रुपन्देहीमा नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्।

लामिछानेलाई मध्यान्ह १२:२० बजे बुद्ध एयरमार्फत रुपन्देही ल्याइएको हो। रास्वपाका कार्यकर्ताहरूले राजनीतिक प्रतिशोधका आधारमा रविलाई पक्राउ गरिएको भन्दै सकारको आलोचना गर्दै नाराबाजी गरे। रविका सर्थकहरूले सहकारीपीडितलाई न्याय दे, ८७ अर्बको हिसाब खोई, रविदाई नडराउ जनता तिम्रो साथमा छन् जस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रेका छन्।

यता लामिछानेको बयान चलिरहँदा सुप्रिम सहकारीपीडितहरूले पनि विरोध प्रदर्शन गरेका छन्। सहकारीको रकम ठगी, संगठित अपराधसम्बन्धि कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई भैरहवा ल्याइएको हो। लामिछाने समर्थकहरूले चर्को नाराबाजीसहित सरकारी वकिल कार्यालय वरपर प्रदर्शन गरिरहेको बेला सहकारीपीडितहरूले पनि प्रदर्शन गरेका हुन्। भैरहवामा व्यापक प्रहरी परिचालन गरिएको छ।

लामिछानेलाई इलाका प्रहरी कार्यालयमार्फत अभियोजन गरिएको मुद्दाका सन्दर्भमा सरकारी वकिल कार्यालयमा बयान गर्न लगिने प्रहरीले जनाएको छ।  रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ। विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा पुगेको र उक्त रकम खर्च लामिछानेले पनि गरेको आरोपमा अनुसन्धान जारी छ।  सुप्रिमबाट लामिछानेको नाममा २ करोड ऋण प्रवाह भएको बताइएको छ।

सबै तस्बिर: विनोद परियार/हिमालप्रेस

प्रकाशित: २७ कार्तिक २०८१ १५:४५ | Tuesday, November 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast